राप्रपा नेताहरू धवल र रवीन्द्रसहित ४१ जनालाई थप ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ – राजावादी आन्दोलनमा हिंसा मच्चाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा राप्रपाका महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका आरोपीहरूलाई काठमाडौँ जिल्ला अदालतले बुधबार थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

- Advertisement -
Ad image

प्रहरीले आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्य विरुद्धको कसूरमा ११ जना गरी ४१ जनालाई आईतबार ५ दिनको म्याद थप गरिएकोमा बुधबार दोस्रोपटक म्याद थप गर्न अदालतमा पुर्‍याइएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्