काठमाडौं – मंगलबार सेयर बजार घटेको छ । जसअनुसार मंगलबार सेयर बजार परिसूचक नेप्से १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा पुगेर रोकिएको छ ।
बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो । ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टर ३.८ प्रतिशत बढ्यो ।
बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १.३९ प्रतिशत घटे ।
कारोबार रकमका आधारमा आज हिमालय रि, नेपाल रि इन्सुरेन्सले सर्वाधिक कमाए । यी कम्पनीको कमाइ क्रमसः ६४, ४५ करोड रहेको छ । यसदिन गार्डियन माइक्र्रोलाइफको सेयर १० प्रतिशतले बढ्यो ।


प्रतिक्रिया दिनुहोस्