डिजेल र हवाई इन्धनको मूल्य घट्दा पेट्रोलको मूल्य भने यथावत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धन र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले मंगलबारदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ घटाएको छ ।

यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ । यस्तै निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

- Advertisement -
Ad image

निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो ।

सोहीअनुसार पेट्रोलको मूल्य कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेलको भाउ घटाउने निर्णय भएको निगमको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्