कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । गत बुधबारदेखि अवरुद्ध संसदको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

विपक्षी दलहरुले कुलमान घिसिङलाई हटाएको विषयमा संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद चल्न नदिने अडान लिएपछि आइतबारको दोस्रो बैठक बस्दै नबसी स्थगित भएको हो । त्यसअघि आइतबार बसेको बैठकमा विपक्षी दलहरुले अवरोध गरेपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच होहल्ला भएपछि बैठक स्थगित भएको थियो ।

- Advertisement -
Ad image

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले कुलमानलाई हटाएको विषयमा उठाएको प्रश्नको जवाफ दिदै छन् ।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्