इस्लाम धर्मावलम्बीहरुले आज ईद-उल-फित्र मनाउँदै: देशभर सार्वजनिक विदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ। खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई ईद-उल-फित्र भनिएको हो।

- Advertisement -
Ad imageAd image

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद-उल-फित्र मनाउने कार्यक्रम तय हुन्छ। रमजान महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म पानीसम्म पनि नपिई बसिने व्रत सकाउँदै एक अर्कामा खुसीयाली बाँडि इद मनाउने गरिन्छ।

ईदमा अल्लाहका नाममा विशेष नमाज पढ्ने परम्परा छ। ईदका दिन मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रोत्साहन गरिन्छ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र खजुर लगायतका मिष्ठान्न परिकार बनाएर खाने र खुवाउने चलन चल्दै आएको छ।

यसैबीच सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्