राप्रपा नेताहरू मिश्र र राणालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

शुक्रबार काठमाण्डुको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै प्रहरीले पक्राउ गरेका उनीहरूलाई आईतबार जिल्ला अदालत काठमाडौंले थुनामा राख्न अनुमति दिएको हो ।

- Advertisement -
Ad image

उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ । अदालतले दिएको अनुमतिअनुसार प्रहरीले अब उनीहरूलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ ।

तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई राज्य विरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको छ ।

प्रहरीले करीब १०० जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेश गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरूलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्