नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट ल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुवार्ट ल नियुक्त भएका छन्। शुक्रबार भैरहवामा बसेको नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय कार्यसमितीको बैठकले अस्ट्रेलियाका पूर्व क्रिकेटर ललाई प्रशिक्षक दुई वर्षका लागि प्रशिक्षक नियुक्त गरेको हो।

अस्ट्रेलियाका लागि १९९४ देखि १९९९ सम्म एक टेस्ट र ५४ एकदिवसीय खेल खेलेका उनीसँग टेस्ट राष्ट्रको प्रशिक्षक भएको अनुभव छ।

- Advertisement -
Ad imageAd image

उनी सन् २०११ मा श्रीलंका र सन् २०१२ मा एक वर्ष बंगलादेशको प्रशिक्षक बनेका थिए। सन् २०१८ देखि २०१९ सम्म वेस्ट इन्डिज र २०२२ मा एक वर्ष अफगानिस्तानको प्रशिक्षक रहे। त्यसपछि दुई वर्ष बंगलदेशको यू-१९ टोलीको प्रशिक्षक रहेका उनी गत वर्ष अमेरिकाको प्रशिक्षक थिए।

क्यानले मोन्टी देसाइको कार्यकाल सकिएपछि नयाँ प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो। जहाँबाट अन्तरवार्ता लिइएका तीनमध्ये ललाई क्यानले प्रशिक्षक नियुक्त गरेको हो।

यस्तै क्यानले आगामी मेमा संचालन हुने महिला विश्वकप क्रिकेट प्रतियोगिता एशिया क्वालिफायर प्रतियोगिता सम्मको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतका मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्