राजावादीको प्रदर्शनका क्रममा भएका घटनामा दोषीलाई कारवाही गर्ने सरकारको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ चैत्र २०८१, शनिबार
1 Min Read
Aa
काठमाडौँ, १० मङ्सिरः मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं – राजावादीको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीको सत्य तथ्य छानबिन र दोषीलाई कारबाही गर्न छानबिन समिति बनाउने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न छानबिन समिति बनाउने निर्णय गरेको हो।

- Advertisement -
Ad imageAd image

शुक्रबार भएको राजावादीको आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान जानुका सार्थै निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र लुटपाट भएको थियो।राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको झडपले उग्र रुप लिएको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्