काठमाडौं – आज भएको गणतन्त्रवादीतर्फ समाजवादी मोर्चाको प्रदर्शनमा करिब ३५ हजार मानिस उपस्थित भएको बताइएको छ । गृह मन्त्रालयका सहसचिव छवि रिजालले समाजवादी मोर्चाको भृकुटिमण्डपमा भएको प्रदर्शन निकै शान्त भएको बताउँदै करिब ३५ हजार सहभागी भएको बताए । त्यसैगरी राजावादीले गरेको तीनकुनेको प्रदर्शनमा भने करिब ४ देखि ५ हजार व्यक्ति आएको बताए ।
समाजवादी मोर्चाको आन्दोलन निकै शान्त हुँदा राजावादीको आन्दोलन भने हिंसात्मक बनेको थियो । आन्दोलनमा एक पत्रकार र एक प्रदर्शनकारीको मृत्यु समेत भयो । उक्त आन्दोलनमा ३० जना घाइते भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्