राजावादीका ‘जनकमान्डर’ दुर्गा प्रसाईंको दाबी: सरकार मलाई नजरबन्द गर्ने योजना बुन्दै छ !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – पूर्वपञ्च नेता नवराज सुवेदी संयोजकत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले शुक्रबार (चैत १५ गते) काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरेको छ।

त्यसका लागि समितिले मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईंलाई जनकमान्डर तोकिएको छ। यसैबीच प्रसाईंले आफूहरूको सक्रियता देखेर सरकार अतालिएको र आफूलाई नजरबन्द गर्ने योजना बनाइरहेको दाबी गरेका छन्।

- Advertisement -
Ad imageAd image

तर पनि आफू नडराउने र चैत १५ को प्रदर्शनमा सशक्त भएर लाग्ने प्रतिबद्धता उनले जनाएका छन्। सरकार अतालिएको छ, मलाई नजरबन्द गर्ने सम्मको योजना बुन्दै छ। म डराउँदिन, भाग्ने छैन, वचलित हुने छैन। तपाईंहरू पनि ऊर्जावान् भएर यो आन्दोलनमा सहभागिताका लागी सादर अनुरोध गर्दछु प्रसाईंले भनेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्