राजावादीहरुको जनप्रदर्शन भोलि: जनकमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ चैत्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – राजावादी समूहले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई संयुक्त जनआन्दोलन समितिले जनकमाण्डर बनाएको छ । नवराज सुबेदीको नेतृत्वमा बनेको समितिले प्रसाईंलाई जनकमाण्डरको जिम्मेवारी दिएको हो ।

प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । त्यसको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरेर संयोजक सुबेदीले सो जानकारी दिएका हुन् ।

- Advertisement -
Ad imageAd image

यस्तै राजावादीहरूले आन्दोलन चैत २१ गतेदेखि थपि सशक्त बनाउने घोषणा गरेका छन्। राजावादीहरूले १५ गते काठमाडौँमा प्रदर्शन गर्ने, १७ गते थप आन्दोलनको घोषणा गर्ने र २१ गतेदेखि सशक्त प्रदर्शन गर्ने भएका छन् ।

सुवेदीले संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दू अधिराज्यको पुनर्स्थापना, सङ्घीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अभियान थालिएको जनाएका छन्।

उनले नेपाली जनताको चाहना ‘राजतन्त्र’ अथवा राजाको शासन होइन, राजनीतिभन्दा माथिको अभिभावकीय भूमिकाको ‘संवैधानिक राजसंस्था’ भएको स्पष्ट पार्दै ‘संवैधानिक राजसंस्थाकै परिकल्पना गरिएकोले राजसंस्था सँगसँगै देशमा राजनीतिक दलहरूको अस्तित्व रहनु पर्छ र त्यसका लागि बिना कुनै धनजनको क्षति बर्तमान राजनीतिक दलहरू शान्तिपूर्ण रूपमा सहमतिमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो’ उनले भने ।

यता प्रसाईंले भने बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । भेटका क्रममा के कुरा भयो भन्नेबारे खुलेको छैन । यद्यपि राजावादीको आन्दोलनकै विषयमा कुराकानी भएको ठानिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्