३९ अंकले बढ्यो नेप्से: कारोबार रकम पनि बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – बुधबार सेयर बजारमा उछाल आएको छ । हिजो ५६ अंकले घटेको सेयर बजार यसदिन ४० अंकले बढेर परिसुचक ६२२३ बिन्दुमा पुगेको छ ।

आज ९१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोडको कारोबार भयो । यसदिन २३१ कम्पनीको सेयर बढ्दा १२ कम्पनीको मूल्य घटेको छ ।

- Advertisement -
Ad image

कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, नेपाल रि इन्सुरेन्स अगाडि रहे । यसदिन उपकार लघुबित्तको सेयर मूल्य ७.२७ प्रतिशतले घट्यो भने बढ्नेमा राप्ती हाइड्रो, बुद्धभूमी हाइड्रो, आरबीबी म्युचल फण्ड लगायत रहे ।

अन्य र जीवन बीमा सेक्टर सबैभन्दा धेरै २/२ प्रतिशत बढे ।

बैंकिङ १.१५, विकास बैंक १.१९, फाइनान्स १.७५, होटल तथा पर्यटन १.७८, हाइड्रोपावर १.७०, लगानी १.६७, जीवन बीमा २.०६, उत्पादन ०.९८, माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा १.७५, अन्य २.०९ तथा व्यापार १ प्रतिशत बढे ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्