काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङले तयारी गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।
सरकारले वर्खास्त गरेको बारे आफूले पनि समाचार आएपछि मात्रै यसबारे थाहा पाएको भन्दै सरकारको निर्णयविरुद्ध अदालत गएर न्याय खोज्ने संकेत गरेका छन् ।
घिसिङले सरकारले राम्रो काम गर्दा गर्दै अनावश्यक आरोप लगाएर हटाएकाले एक पटक अदालत जाने उनको तयारी छ । कुलमानको वर्खास्ती प्रकरणलाई लिएर सत्तापक्षकै नेताहरूले आपत्ति जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्