ज्ञानेन्द्र शाहीको आरोप: ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० चैत्र २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि गम्भिर आरोप लगाएका छन्।

भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो आरोप लगाएका हुन्।

- Advertisement -
Ad imageAd image

उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन्,

‘कमरेड प्रचण्ड सार्है नै बाठो छ्न
टिआरसीसगँ कुलमान पो साटेछन’

उनी अगाडि लेख्छन्, ‘आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ। बधाई छ, कमरेड प्रचण्ड’

मन्त्रिपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो। जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो।

सो बैठक लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ पदमुक्त गर्ने निर्णय लिएको हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्