सेयर कारोबारमा चलखेल रोक्न नयाँ व्यवस्था बिहीबारदेखि लागु हुने: रोकिएला त अब चलखेल ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – धितोपत्र दोस्रो बजारमा नयाँ व्यवस्था लागु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) गरेसँगै (भोलि) बिहीबारदेखि नयाँ व्यवस्था लागु हुने भएको छ ।

बुधबार कुनै कम्पनीको सेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य तोकिने भएको छ ।

- Advertisement -
Ad imageAd image

हालसम्म अन्तिममा भएको कारोबारलाई नै अन्तिम मूल्य कायम गर्ने व्यवस्था थियो । जसले गर्दा सेयर कारोबारीहरूले आफ्नो सेयरको मूल्य बढाउन १० कित्ता सेयरले मूल्य प्रभावित पार्दै आएका थिए ।

अब भने २ः४५ देखि ३ बजेसम्म हुने कारोबार अवधिको औसत मूल्यलाई आधार मानिने भएको छ । २ः४५ देखि ३ बजेको बीचमा भएको कारोबार कित्ता र सेयर मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिनेछ । तर, २ः४५ देखि ३ बजेसम्म कारोबार नहुँने कम्पनीको सेयर मूल्य भने त्यसअघिको अन्तिम मूल्यलाई नै मान्यता दिने नेप्सेले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्