२६ सयमा ओर्लियो सेयर बजार: कारोबार रकम पनि ४ अर्बमै सिमित !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ चैत्र २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – साताको तेस्रो कारोबार दिन पनि सेयर बजार ओरालो यात्रालाई निरन्तरता दिएको छ । यसदिन नेप्से ७.६६ अंकले घटेर परिसुचक २६९७ बिन्दुमा पुगेर रोकिएको छ ।

आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोडको कारोबार भयो । कारोबारमा आएका ८६कम्पनीको सेयर बढ्यो भने १५२ कम्पनीको सेयर घट्दा ५ कम्पनीको सेयर स्थिर रह्यो ।

- Advertisement -
Ad image

कारोबारका आधारमा आज हिमालय रि इन्सुरेन्स, घलेम्दी आइड्रो अगाडि रहे । यसदिन सामुदायीक लघुवित्त र राप्ति हाइड्राको सेयर मूल्य १० प्रतिशतले घट्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटे । सो सेक्टर ०.११ प्रतिशत बढ्यो ।

घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशत घट्यो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्