परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ चैत्र २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘राइसिना डायलग’ सहभागी हुन गएकी परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच मंगलबार भेटवार्ता भएको हो ।

भेटपछि मन्त्री राणाले भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा व्यक्त गरेको जानकारी दिइन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले भनिन्, ‘मैले भारतको छिमेकी पहिलो नीतिको लागि प्रशंसा गरें र भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा गरें ।’

- Advertisement -
Ad image

भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा, जनता–जनता र कूटनीतिक संवाद बढाउने विषयमा छलफल भएको जनाइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्