सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग हुन लागेको प्रचण्डको दाबी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी दलहरुलाई लोकतन्त्र भित्र नै आफ्नो भविष्य खोज्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको वैठकमा सम्वोधन गर्दै प्रचण्डले पूर्वराजालाई सुरक्षित रुपमा देशमै राख्ने व्यवस्था गरेर गणतन्त्र ल्याएको बताउदै लामो संघर्षबाट प्राप्त उपलब्धीमाथि प्रतिगमन र प्रतिक्रान्तिको तरवार चलाउने सपना देखिएको बताए।

- Advertisement -
Ad imageAd image

प्रचण्डले भने, ‘सारा उपलब्धीलाई उल्टाउने कोशिष हुँदैछ। अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलका विरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ। सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति नै मोहभंग भइरहेको छ। ८ महिना अघिसम्म यस्तो ठूलो असन्तोष थिएन। माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो। अहिले सबैतिर आन्दोलन छ।’

प्रचण्डले सरकारको कामका कारण व्यवस्थाप्रति नै निराशा छाएको उल्लेख गर्दै उनले गणतन्त्रमा फोहोर फालिएको टिप्पणी गरेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्