प्रतिनिधिसभाको बैठक आज बस्दै: माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज अपरान्ह १ बजे बस्ने बैठकमा महासन्धिमाथि छलफल हुने तथा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पन्न भएको आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

- Advertisement -
Ad image

त्यस्तै आजको बैठकमा बनमन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रीयल प्रोटोकल किंगाली संशोधनमाथि सदनमा छलफल गर्ने र अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने समेत कार्यसूची रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्