राजावादी सक्रिय भएपछि माओवादीको जागरण अभियान स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ।  पछिल्ला दिनहरुमा राजावादीहरु सक्रिय भएको भन्दै माओवादी केन्द्रले अभियान स्थगित गरेको बताइएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निष्कर्ष निकालेका छन्।

- Advertisement -
Ad image

प्रचण्ड आजै सिमाराबाट काठमाडौं आउने पनि बताइएको छ। त्यस्तै माओवादी केन्द्रले राजावादीहरुको पछिल्लो गतिविधि बारे छलफल गर्न आइतबार पदाधिकारी बैठक समेत बोलाएका छन्। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको जागरण अभियान आज रौतहट पुगेको थियो।

राजावादीहरुले आइतबार पूर्वराजा पोखराबाट काठमाडौं फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठुलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्