चारदेशीय महिला टी–२० सिरिज: नेपाल र नामिबियाको भिडन्त आज, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – चारदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ ।

नेपाल र नामिबियाको खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरू हुनेछ । नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।

- Advertisement -
Ad imageAd image

सिरिजमा नेपालसहित घरेलु टोली युगान्डा, नामिबिया र हङकङ छन् । शृङ्खलामा सबै टोलीले एकअर्कासँग समान २र२ खेल खेल्नेछन् । जसमा नेपालले आइतबार युगान्डासँग खेल्नेछ भने सोमबार हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग पनि खेल्ने तालिका छ ।

लिग चरणको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्