प्रतिनिधि सभाबाट ५ अध्यादेश स्वीकृत: भूमि अध्यादेश थन्कियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ फाल्गुन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – सरकारले ल्याएका ५ वटा अध्यादेश प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकबाट विभिन्न ५ अध्यादेश स्वीकृत भएका हुन् ।

गत पुस १४ गते जारी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र पुस २९ गते जारी भएका थप ४ अध्यादेश संसद्बाट स्वीकृत भएका छन् ।

- Advertisement -
Ad imageAd image

पुस २९ गते सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिएको थियो ।

प्रतिपक्षी दलको विरोधका बाबजुद बुधबारको संसद् बैठकले अध्यादेशहरू बहुमतबाट स्वीकृत गरेको छ । बुधबार स्वीकृत भएका अध्यादेश बिहीबारको राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची छ ।

माघ २ गते जारी भएको भूमि सम्बन्धी अध्यादेशलाई भने थन्क्याइएको छ । जसपा नेपालले विरोध जनाउँदा राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकारले प्रतिनिधिसभा बैठकमा भूमि अध्यादेशलाई निर्णयार्थ पेश गरेन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्