लगातार तेस्रो कारोबार दिन पनि शेयर बजारको ओरालो यात्रा कायमै: कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ फाल्गुन २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – फागनु ४ गतेदेखि निरन्तर गत आइतबारसम्म बढेको शेयर बजारमा अहिले ब्रेक लागेको छ । बजार लगातार तेस्रो दिन पनि घटेको छ । दुई दिनसम्मको घटाइलाई लगानीकर्ताले बजारको करेक्सन भने पनि लगातार तेस्रो दिनको घटाइलाई भने करेक्सनको रूपमा मान्न सकेका छैनन् ।

बजार घटेसँगै कारोबार रकममा पनि निरन्तर गिरावट आएको छ । आज मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.१६ अंकले बढेर २८२१.१३ विन्दुमा झरेको छ ।

- Advertisement -
Ad imageAd image

हिजो मंगलबार करिब १३ अर्बको कारोबार हुँदा आज करिब ११ अर्बको मात्र कारोबार भएको छ । आज नेप्से ०.८८ प्रतिशतले घट्दा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता शेयर कारोबार भएको छ ।

आज ६२ वटा कम्पनीको शेयर मूल्य बढको छ भने १७४ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३०८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १ हजार ६०३ पटक शेयर किनबेच भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्