नेप्सेमा ३० अंकको करेक्सनः कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्सले करेक्सनलाइ निरन्तरता दिएको छ । सोमबार नेप्सेमा १३ अंकको करेक्सन आएकोमा आज भने ३०.३६ अंकको करेक्सन आएको हो।

नेप्सेमा १.०५ प्रतिशतको करेक्सन आएर परिसूचक २८४६.३० विन्दुमा झरेको छ । नेप्सेमा करेक्सन आउँदा कारोबारमा पनि गिरावट आएको छ । आज १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर कारोबार भएको छ ।

- Advertisement -
Ad imageAd image

४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्यमा करेक्सन आएको छ । ५ वटा कम्पनीको शेयर मूल्यले स्थिर रहेको छ । बजार अवधिभर ३१८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २२ हजार ३३६ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.२१ प्रतिशतले घटेर ७ हजार ६६९.३५ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम अन्य समूह ०.०६ प्रतिशतले घटेर २ हजार ५५२.८८ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक समूह १.०५ प्रतिशतले, विकास बैंक ०.३९ प्रतिशतले, फाइनास २.१० प्रतिशतले, होटेल तथा पर्यटन ०.९७ प्रतिशतले, हाइड्रोपावर १.०८ प्रतिशतले, लगानी १.७५ प्रतिशतले र जिवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ ।

साथै, लघुवित्त समूह १.४१ प्रतिशतले, म्युचुअल फण्ड ०.५५ प्रतिशतले, निर्जीवन बीमा १.११ प्रतिशतले र ट्रेडिङ समूह ०.४८ प्रतिशतले घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्