थापाथलीमा मेलम्चीको पाइप फुट्दा सडक अवरुद्ध !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – थापाथलीमा मेलम्चीको खानेपानीको पाइप फुटेको छ । मंगलबार बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्