केपी ओली कप फुटबल: उपाधिका लागि मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै, कसले मार्ला बाजि ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरको दशरथ रगङ्शालमा बेलुका ६ बजे हुनेछ । मच्छिन्द्र क्लब केपी ओली कपको दुई पटकको विजेता हो ।

यसैबीच प्रतियोगिताको प्रमुख अतिथिका रुपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन हिजो नेपाल आएका छन । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन् ।

- Advertisement -
Ad image

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार रहनेछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्