काठमाडौं – कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकैदिन ७५.२४ अंकको वृद्धि भएको छ । यससँगै सूचक २८९०.२८ बिन्दुमा पुगेको छ ।
यसदिन २ करोड ९१ लाख कित्ता सेयर किनबेच हुदा १४ अर्ब २५ करोडको कारोबार भयो । आज कारोबारमा आएका १९६ कम्पनीको सेयर बढ्यो भने ४४ कम्पनीको सेयर घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज कारोबारका आधारमा सर्वाधिक नेपाल रि इन्सुरेन्सले ९७ करोड र हिमालय रि इन्सुरेन्सले ८५ करोडको कारोबार गरे । यसदिन हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
यसदिन बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशत बढे ।
आज समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।


प्रतिक्रिया दिनुहोस्