दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा: भारत र न्यूजील्याण्डको भिडन्त आज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ। शनिबार सम्पन्न खेलमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो।

इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाके २९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। यस अघि टस जितेर पहिला ब्याटिङ गरेको इङल्याण्ड ३८.२ ओभरमा अल आउट हुँदै १७९ रन बनाएको थियो।

- Advertisement -
Ad imageAd image

यो जितपछि समूह बी बाट दक्षिण अफ्रिका ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ। त्यस्तै अस्ट्रेलिया ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ।

त्यसैगरी योसँगै समूह बी बाट अफगानिस्तान र इङल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन्।

अब समुह चरण अन्तर्गतको अन्तिम खेल आइतबार समुह ए को भारत र न्यूजील्याण्डबीच हुँदैछ। यस खेलले समुह विजेता र उपविजेताको तय गर्ने छ । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनल पुगिसकेका छन् भने समूह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्