सरकार अध्यादेशको संकटमाः एमालेले बोलायो सचिवालय बैठक

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०८१, आईतवार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ दलहरुले नै असहयोग गरेपछि सरकारले ल्याएको अध्यादेश पारित गर्न कठिन परिरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बस्ने गरी सचिवालयको बैठक बोलाएका हुन् ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार, आज आइतबार बस्ने सचिवालय बैठकको तयारीका लागि हिजाे केन्द्रीय कार्यालयको बैठक बसेकाे थियाे । सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ।

- Advertisement -
Ad image

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन । अध्यादेशको बारेमा छलफल गर्न जनता समाजवादी नेपालले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्