काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई हराउन लागिपरेको आरोप लगाएका छन् ।
शुक्रबार फेसबुकमा एक पोस्ट सेयर गर्दै उनले भोको पेट मारेर आफूलाई हराउन खोजेको आरोप लगाएका हुन् । उनले आफूहरु मदन भण्डारीको सपना पुरा गर्न हिडेको समेत उल्लेख गरेका छन् । उनले लेखेका छन् :-
प्रधानमन्त्रीज्यु ,
भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ ,
हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !
मलाई हराउने ताकमा , देशलाई चै नडुबाउनु होला!!!


