सोमबार पनि नेप्सेमा सामान्य सुधार: कारोबार रकम ११ अर्ब बढी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – आईतबार ११.६६ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार पनि झिनो अंकले बढेको छ । ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार रुपैयाँको २ करोड ११ लाख १० हजार ६१९ कित्ता कारोबार हुँदा आज नेप्से ३.३५ अंकले बढेको हो।

सोमबार सामान्य सुधार भएको नेप्सेमा बैंकिङ, लगानी, म्यानुफ्याक्चरिङ र अन्य समूह बाहेक सबैको सूचक घट्न पुगेको छ । आज कारोबार गरेका कम्पनीमध्ये ९२ वटाको शेयर मूल्य वृद्धि भएको भयो भने १४३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । साथै ९ वटा कम्पनीको शेयर मूल्य यथावत् रहेको छ ।

- Advertisement -
Ad imageAd image

आज नेप्सेमा भएको शेयर कारोबारमा गार्डियन माइक्रो लाइफ इन्सुरेन्सका कारोबारीले सबैभन्दा धेरै कमाउन सफल भए भने वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्