पाथीभरामा केबलकार निर्माण तत्काललाई स्थगित: वार्तामा आउन आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – ताप्लेजुङको धार्मिकस्थल पाथीभरा क्षेत्रमा गर्न लागिएको केबलकार निर्माण कार्य तत्काललाई स्थगित गएको छ ।

केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीद्वारा सोमबार जारी विज्ञप्तिमा केबलकार निर्माण कार्य तत्काललाई स्थगित गरिएको उल्लेख छ ।

- Advertisement -
Ad imageAd image

वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा समस्याको समाधान वार्ता र संवादबाट गर्ने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरिएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन हुन हार्दिक अपिल गर्दछु ।’

यस्तो छ विज्ञप्ति –

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्