प्रतिनिधिसभा बैठक बस्दै: कस्तो छ कार्यसूची ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। सो बैठक दिउँसो १ बजे बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

- Advertisement -
Ad imageAd image

त्यस्तै गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

त्यस्तै आज सांसद शेरबहादुर कुँवरले ध्यानकर्षण प्रस्ताव र सांसद राजेन्द्र बजगाईं ले जरूरी सार्बजनिक महत्वक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्