दुई प्रधानसेनापतिले राजाको रक्षा गर्न सक्नुभएन,उहाँहरूप्रति मेरो ठुलो गुनासो छ: रवीन्द्र मिश्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ फाल्गुन २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजतन्त्र जोगाउन नसकेको भन्दै तत्कालीन दुई प्रधानसेनापतिको भूमिकाप्रति गुनासो गरेका छन्। शुक्रबार राप्रपाले पोखरामा आयोजना गरेको विरोधसभामा मिश्रले तत्कालीन दुई प्रधानसेनापतिको भूमिकाप्रति गुनासो गरेका हुन्।

‘गणतन्त्रमा लैजाने क्रममा मेरो गुनासो जसरी नक्कली गणतन्त्रवादीहरूसँग छ त्यसैगरी नेपाली सेनाका दुईजना प्रधानसेनापतिहरूसँग पनि मेरो गुनासो छ,’ मिश्रले भने। उनले आफू नेपाली सेनाको एकदमै आक्रामक बचाउकर्ता रहेको दाबी समेत गरे । नेपालमा द्वन्द्व अन्त्यको श्रेय ७ दलले लिन खोज्दा आफूले सेनाको नाम लिने गरेको उनले दाबी गरे । उनले भने, ‘यो देशमा द्वन्द्वको अन्त्य नेपाली सेनाको देशभक्ति र साहसले गर्दा खेरी उनीहरूलाई जित्न सकिँदैन भन्दा खेरी नेपालमा द्वन्द्व साम्य भएको हो भन्ने गरेको छु ।’

- Advertisement -
Ad imageAd image

‘तर नेपाली सेनाका दुई जना प्रधानसेनापतिले समयमा परिआएको बेलामा आफ्नो परमाधिपति(तत्कालीन राजा)को रक्षा गर्न सक्नुभएन,’ मिश्रले भने, ‘र, उहाँहरू प्रति मेरो ठुलो गुनासो छ।’

अहिले राजाबाट आह्वान भएको छ । अझै त्याग गर्नुपर्ने भए भन, नत्र साथ दिनुपर्यो भनेका छन् । भूराजनीतिमा व्यापक परिवर्तन आएको छ यो अवस्थामा अब फेरि सेनाको संस्थाले देशको दिर्घकालीन हित र सुरक्षाबारे राम्रो समिक्षा गर्नुपर्ने बेला आएको छ, मिश्रले भने, । त्यस्तै उनले सेनाले यो देशको दिर्घकालीन हित र सुरक्षाको लागि राजसंस्था पुनस्र्थापना आवश्यक छ कि छैन भनेर निर्णय गर्नुपर्ने समय आएको समेत बताए । दोस्रो जनआन्दोलनका बेलामा प्यारजंग थापा र रुक्मांगद कटवाल प्रधानसेनापति थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्