काठमाडौं – पाथीभरामा केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि झडप भएको छ । आन्दोलित समूह र प्रहरबीच केबलकारको बेस स्टेशन निर्माणस्थल काफ्लेपाटीमा झडप भएको हो ।
‘नो केबलकार समूह’ र सुरक्षार्थ तैनाथ प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार पक्षले पदयात्रा आयोजना गरेको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण समाग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोन खोज्दा झडप भएको हो ।


प्रतिक्रिया दिनुहोस्