प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश: देशको उन्नतिका निमित्त हामीलाई साथ दिन आह्वान गर्दछौँ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ फाल्गुन २०८१, मंगलवार
2 Min Read
Aa
(161020) -- KATHMANDU, Oct. 20, 2016 (Xinhua) -- Nepalese Former King Gyanendra Shah speaks during the International Grand Hindu Conference in Kathmandu, Nepal, Oct. 20, 2016. More than 1,000 Hindus from across the globe have gathered in Nepal on Thursday to participate in the International Grand Hindu Conference. (Xinhua/Sunil Sharma) (dtf)

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र आजको दिनमा सबभन्दा उत्तम शासन प्रणाली हुनुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा १० मिनेट लामो भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक प्रणालीलाई समाजमैत्री र जनहितेषीको रुपमा पनि हेरिनुपर्नेमा जोड दिएका हुन् । कर्म र व्यवहारमा उतार्नेखालको प्रजातन्त्र हुनुपर्नेमा उनको जोड छ । उनले प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्ने धारणा राखेका छन् । शाहले निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने दाबी गरेका छन् ।

उनले राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्ने धारणा राखेका छन् । उनले भिडिओ सन्देशमा भनेका छन्-“देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ, अब समय आयो, राष्ट्र जोगाउने हो भने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।’ उनले आज देशको इतिहास मेटिँदै गएकोमा भने चिन्ता व्यक्त गरेका छन् ।

- Advertisement -
Ad imageAd image

उनले अहिले नेपालीहरुको पसिना नेपालमा नभएर अन्तै पोखिरहेको टिप्पणी गरेका छन् । नेपालका कलकाखाना, व्यापार तथा व्यवसाय निरन्तर धराशयी बनेको उनको चिन्ता छ । प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्ने र जनताको भरोसा जगाउने प्रणाली हुनुपर्ने उनको भनाई छ । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको प्रजातान्त्रिक व्यवस्था नै भएको उनको भनाई छ ।

देशमा कुनै संकट नआओस भन्ने आफूहरुको परिकल्पना भएकोले नै सधैं देशहितमा उदारता राख्दै आएको पनि उनले स्मरण गराएका छन् । देश र जनताको भलो होस भनेर आफूहरुले आफ्नो ओहोदा र सुखसुविधालाई त्याग गरेको शाहले सम्झाएका छन् । भिडिओ सन्देशमा उनले भनेका छन्-“त्यागले कसैको कद सानो हुने होईन । त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नुहुँदैन् । कतै, कसैलाई कुनै पन, पक्ष नभनी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र आशयपनि त्यही नै हो ।”

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्