प्रतिनिधि सभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं –  प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायधिवक्ताको बार्षिक प्रतिवेदन, २०७९-८०’ पेश गर्नेछन्।

साथै,  उद्याेग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युत ब्यापार बिधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा बिधुतीय ब्यापार (ई-कमर्श)बिधेयक, ०८१ लाई  पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

- Advertisement -
Ad imageAd image

सोमबार बसेको प्रतिनिधिसभा बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित गरेकाे थियाे।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो।

सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न र भ्रष्टाचार अन्त्य गर्न विधेयक ल्याउनुपरेको जिकिर गरे।

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्