फाल्गुन ०६ गते मंगलबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ फाल्गुन २०८१, मंगलवार
7 Min Read
Aa

आज मिति वि.सं २०८१ फाल्गुन ०६ मंगलबार ई.सं २०२५ फेब्रवरी १८ नेपाल सम्बत ११४५ सिल्लागा षष्ठी नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण षष्ठी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, गण्ड योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०६:३८ बजे भयो भने सूर्यास्त साँझ ०५:५७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । व्यावसायिक काममा खर्च केही बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्न सक्ने योग छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन रमाइलै रहला । मनोरन्जनमा समय ब्यतीत हुने देखिन्छ । आज आयआर्जनको दृष्टिले पनि समय राम्रै छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेश ध्यान राख्नु उचित हुनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने योग छ । सकारात्मक प्रतिफलका लागि यात्रा पनि हुन सक्छ । ब्यस्तता बढ्नेछ । परिवारिक सुख मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन शुभदायी छ । ब्यापार ब्यवसायमा बिनाप्रतिस्पर्धा लाभ होला । वित्तादि लाभ हुने देखिन्छ । पढाइलेखाइमा भने खासै समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि, प्रशस्त धन आर्जन गर्ने मौका जुर्ने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाउनेछ । पराक्रम वृद्धि हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौती वृद्धि हुनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण कार्यसम्पादनमा नकारात्मक असर पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । आज छरछिमेकमा विवाद वा झैझगडाको योग छ, सचेत भइ संयमपूर्ण व्यवहार गर्नु हितकर होला । श्रमको समुचित मूल्यांकन नहुने र आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । रसरागमा भने आकर्षण बढ्ने देखिन्छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन काम बिग्रने डरले सताए पनि व्यापार ब्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । अरुलाई बेसुरमा वचन दिनाले दुःख पाइनेछ, बोलीमा लगाम लगाउनु उचित हुनेछ । मानसम्मानमा ठेस पुग्नुबाट जोगिन विशेष सजगताको खाँचो छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्न सक्छ, ध्यान राख्नुहोला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सजिलै काम बन्नाले उत्साह जागृत हुने दिन छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने अवसर जुर्ला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । परोपकारजन्य क्रियाकलापमा मन जाला । चाहेमा मंगलमय कृत्य सम्पादन हुन सक्छ । महत्वपूर्ण कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुन सक्छन् । नयाँ काम वा जिम्मेवारी हातपर्न सक्छ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सानातिना काममै अल्झनुपर्ला । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको गडबडीले लक्ष्यप्राप्तिमा व्यवधान पैदा गर्न सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला, ध्यान राख्नुहोला । महत्वपूर्ण योजना आज थाती राख्नु हितकर हुनेछ । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । सहयोगीहरूले भने आज राम्रै साथ दिनेछन् । पठनपाठन कार्यमा प्रगति हुनेछ । कुनै महत्वपूर्ण कार्य गर्दै हुनुहुन्छ भने सफलता मिल्ने हो वा होइन भनी दोधारको अवस्था रहनसक्छ, तथापि कदम अघि बढाउनु उचित हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आयआर्जनका स्रोत बढ्ने र साझेदारीमा राम्रै फाइदा हुने समय छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । आमाको माध्यमबाट काम बनाउन सकिएला । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । तर असावधानीले खर्च बढाउन सक्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिएला, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन केही चुनौती बढ्नसक्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्यगत समस्याले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला, सचेत रहनुहोला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । लेनदेनमा विवाद हुनसक्छ, सजग रहनुहोला । व्यवसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । पुरानो रोगले पनि सताउन सक्छ, ख्याल राख्नु उचित हुनेछ । समस्यामा आफन्तको साथ मिल्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्