कीर्तिपुरको बर्न हस्पिटलमा उपचार गराउँदै अर्थमन्त्री पौडेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दा बेलुन पड्किएर आगो निक्लिँदा घाइते भएका अर्थमन्त्री विष्णु पौडेलको कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचार सुरु भएको छ ।

उनीसँगै घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि थप उपचारका लागि काठमाण्डु ल्याइएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा घाइते भएपछि अर्थमन्त्री पौडेलको गण्डकी मेडिकल कलेज र मेयर धनराज आचार्यको फिस्टेल अस्पताल प्राथमिक उपचार गरेर बर्न हस्पिटल ल्याइएको हो ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्दा स्वीच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका हुन् । अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको बाहिरी छाला जलेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्