बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक: प्रधानमन्त्री ओली र देउवा सहित शिर्ष नेता सहभागी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको उनको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा रहेका नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक तथा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपहासचिव विष्णु रिमाल छन् ।

- Advertisement -
Ad image

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । यसअघि यसै साता दुुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्