पूर्वप्रधामन्त्रीद्वय नेपाल र भट्टराईको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलास उक्त मुद्दा पूर्ण इजलासमा गर्न आदेश दिएको हो। पूर्ण इजलासमा कम्तीमा तीन न्यायाधीश हुन्छन्।

- Advertisement -
Ad imageAd image

२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले २९ माघ २०७६ मै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्