६.५४ अंकले बढ्यो नेप्से: कारोबार रकममा पनि सुधार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ६.५४ अंकले बढेको छ । आज नेप्सेमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से २६८३.८६ अंकमा पुगेको हो ।

मंगलबार नेप्सेमा भएको शेयर कारोबारमा १३४ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ९८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । आज भएको कारोबारमा ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । नेप्सेमा आज भएको शेयर कारोबारमा विकास बैंक, जलविद्युत, लगानी, म्यानुफ्याक्चरिङ र म्यूचुल फन्ड बाहेकका समूहका सूचक नकारात्मक रहे ।

- Advertisement -
Ad image

आज नेप्से परिसूचक बढ्दा सिक्लेस हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै आम्दानी गरे भने भूगोल इनर्जी डेभलपमेन्टका कारोबारीले सबैभन्दा धेरै गुमाए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्