सहकारी ठगीमा रविका सहकर्मी छविलाल पुर्पक्षका लागि जेल चलान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ माघ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीलले जानकारी दिए ।

- Advertisement -
Ad image

उनले भने, ‘मुद्दाका प्रतिवादी रहेका जोशी सोमबार अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिँदा पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई थुनामा पठाउने आदेश भएको छ ।’

थुनछेक बहसमा पीडितको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेल, सहन्यायधीवक्ता गोकर्ण घिमिरे र प्रतिवादीको तर्फबाट मनोजकुमार चौधरी लगायतले बहस गरेका थिए ।

जिल्ला अदालत रुपन्देहीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्वडीआईजी जोशी लगायत विरुद्ध सहकारीको रकम ठगी गरेको भन्दै अभियोगपत्र दर्ता भएको थियो । यसअघि छविलालका सहकर्मी रवि लामिछाने अदालतमा उपस्थित भएर थुनछेक बहसपछि १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्