विपिन जोशीको शीघ्र रिहाइका लागि रिजवान आलमको सक्रियता: सभामुख घिमिरेले अरब संसदका अध्यक्षलाई लेखे पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल-यमाहीलाई एक विशेष पत्र लेख्दै, हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि बिहीबार एक पत्र लेखेको विषय सार्वजनिक भयो । तर, यो पहल सफल बनाउन पर्दा पछाडि एउटा महत्त्वपूर्ण कड़ी छ त्यो हो दुबईमा रहेका युवा व्यवसायी रिजवान आलमको सक्रियता ।

जब नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय कूटनीतिक मार्गहरू खोज्न थाल्यो, त्यही बेला रिजवान आलमको नाम अगाडि आयो । रिजवान आलम लामो समयदेखि अरब मुलुकहरूसँग सम्बन्धित छन् र त्यहाँका उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध राख्छन्।

- Advertisement -
Ad imageAd image

नेपालका केही उच्च सरकारी अधिकारीहरूले रिजवान आलमलाई हमाससँग वार्ता गर्न मद्दत गर्न आग्रह गरे। रिजवान आलमले तत्कालै आफ्नो प्रभाव प्रयोग गर्दै अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल-यमाहीसमक्ष यो मुद्दा उठाए । रिजवानको पहलपछि अल-यमाहीले नेपाल सरकारलाई सुझाव दिए, यदि नेपाल सरकारले आधिकारिक रूपमा अनुरोध पठायो भने, हमाससँग वार्ता गर्न अझ सरल हुनेछ ।

त्यसपछि नै नेपालका सभामुख देवराज घिमिरेले अल-यमाहीलाई आधिकारिक पत्र लेखेका हुन् । अब सबैको नजर अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल-यमाहीको निर्णयमा छ । यदि उनको पहलेले सार्थकता पायो भने विपिन जोशी छिट्टै हमासको कब्जाबाट मुक्त हुन सक्ने सम्भावना बलियो देखिन्छ।

रिजवान आलमले देखाएको मार्गदर्शन, नेपाल सरकारको सक्रियता, र अरब संसदका अध्यक्षको सहयोगले विपिन जोशी चाँडै आफ्नो परिवारको काखमा फर्कन सकून्, यही त हो उनको परिवार र आम नागरिकको चाहना ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्