आज भीमा एकादशी व्रत: के छ महत्त्व ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ माघ २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं – आज माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशी पर्व आज भगवान् विष्णुको पूजा आराधना एवं व्रत गरी मनाइँदै छ । भीमा अथवा जयासमेत भनिने आजको एकादशी व्रत लिनाले कार्यक्षमतामा अभिवृद्धि, मानसिक सामर्थ्य र शक्ति वृद्धि, आयुवृद्धि र आत्मिक उन्नतिमा शीघ्रता हुने विश्वास छ ।

एकादशीको लागि दशमीको दिन हात, गोडाको नङ सफा गरेर स्नान गरी हविस्य भोजन खाएर एकादशीको दिन ब्रह्म मुहूर्तमा उठेर ‘जया नाम्नीती विख्याता सर्व पापहरा परा’ जसले जया एकादशीको पवित्र नाम जप्दछ भने उसका श्राप हटेर जाने धार्मिक विश्वास छ ।

- Advertisement -
Ad imageAd image

माघ शुक्ल पक्षको एकादशीलाई जया अथवा भीमा एकादशी भन्दछन् । यो एकादशी अति नै पुण्यदायी छ, यस एकादशीको व्रत गर्नाले व्यक्ति नीच योनि जस्तै भूत, प्रेत, पिशाचको योनिबाट मुक्त हुनपुग्छ भनी विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्