हर्क साम्पाङले कांग्रेस नेता विश्वकर्मासँग मागे २१ करोड बढी हिसाब: छानविनका लागि भन्दै अख्तियारलाई पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ माघ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – धरान उपमहानरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले नेपाली कांग्रेसका नेता मीन विश्वकर्मासँग २१ करोड ९३ लाख २४ हजार तीन सय ७९ रुपैयाँको हिसाब खोज्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेका छन् । नगरप्रमुख साम्पाङले कांग्रेस नेता विश्वकर्मामाथि छानविन गरी दोषी पाइएमा हदैसम्मको कारबाहीको मागसमेत गरेका छन् ।

पूर्वउद्योग वाणिज्य मन्त्री तथा पूर्व संसदसमेत रहेको विश्वकर्माले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदा एडीबीबाट १ अर्ब ५० करोड ऋण अनुदान ल्याएर खानेपानी योजनाको काम गरेको बताएको उनले अख्तियारको पत्रमा उल्लेख गरेका छन् । तर, धरान उपमहानगरपालिकाको लेखा शाखाले दिएको लिखत जानकारीअनुसार ऋण र अनुदान जोडेर जम्मा १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६ सय २१ रुपैयाँ मात्रै खर्च भएको पाइएको उनले बताएका छन् ।

- Advertisement -
Ad imageAd image

२१ करोड ९३ लाख २४ हजार तीन सय ७९ रुपैयाँको हिसाब कांग्रेस नेता विश्वकर्मासँग माग्न उनले अख्तियारलाई आग्रह गरेका छन् । ‘बाँकीको रकम रु.२१,९३,२४,३७९ रुपैयाँ के कसरी कहाँ खर्च भएको हो सो बुझी जानकारी पठाइदिन अनुरोध छ । हिसाब नदेखाएको खण्डमा कानुन बमोजिमको आवश्यक कारबाही गरिदिनु पनि अनुरोध गर्दछु,’– नगरप्रमुख साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी, सुनसरीलाई लेखेको पत्रमा भनिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्