गृहमन्त्री लेखकविरुद्धको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ माघ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं – जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । आज (बिहीबार) दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनार गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले गृहमन्त्रीको जाहेरी लिन नमिल्ने बताएको सुनारले सुनाए ।

‘गृहमन्त्री रमेश लेखकले जातीय विभेद र कानुनविपरीतको काम गरेकाले हामी जाहेरी लिइर प्रहरी परिसर भद्रकाली पुगेका थियौं । तर, गृहमन्त्री जोडिएको मुद्दामा जाहेरी लिन मिल्दैन भनेर प्रहरीले दर्ता गर्नै मानेन,’– सुनारले भने ।

- Advertisement -
Ad imageAd image

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामले अन्तरजातीय विवाह गरेकोमा त्यसलाई छुटाउन गृहमन्त्री लेखक नै लागिपरेको समाचार बाहिरिएको थियो । उक्त प्रकरणमा सत्यन्द्रलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशनमा प्रहरी भारत गएको, सत्यन्द्रलाई बालविवाहलगायतका झुठा मुद्दामा फसाउन खोजेको आरोप लागेको थियो । नेहाका बाबु र गृहमन्त्री लेखकबीच नजिकको दोस्ती रहेको र गृहमन्त्रीले शक्तिको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

दलितका लागि दलित अभियानका संयोजक सुनारले गृहमन्त्री लेखकले जातीय छुवाछुत तथा भेदभावको कसुर गरेकाले अबिलम्ब पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन माग गर्दै जाहेरी लिएर गएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्