बुधबार पनि नेप्सेमा गिरावट कायमै: कारोबार रकम भने बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ – बुधबार नेप्से परिसूचक ४.४५ अंक घटेर २७११.४५ विन्दुमा ओलिएको छ । मंगलबार घटेको नेप्सेले बुधबार पनि त्यसै क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.०७, फ्लोट इण्डेक्स ०.१६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेका छन् ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ९० हजार ७५२ पटकको कारोबारमा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँबराबरको १ करोड ९१ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

- Advertisement -
Ad imageAd image

बुधबार तीन स्टकको शेयर सकारात्मक सर्किट लाग्यो । उपकार लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लागेको हो । दुई स्टकको शेयर नकारात्मक सर्किट लाग्यो । सामुदायिक लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । कम्पनीको यस दिन ३३ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो । १३ समूहमध्ये आज ५ समूहको परिसूचक बढेको छ भने ८ समूहको परिसूचक घटेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्