दिल्ली विधानसभाको ७० सिटमा मतदान सुरु: नतिजा ८ फेब्रुअरीमा सार्वजनिक हुने, ५ दल आमनेसामने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौं – भारतको दिल्ली विधानसभा चुनाव सुरु भएको छ । दिल्लीका सबै ७० सिटमा बिहान सात बजेदेखि चुनाव सुरु भएको हो । आज भएको निर्वाचनको परिणाम ८ फेब्रुअरीमा सार्वजनिक हुने छ ।

निर्वाचनमा ६९९ उम्मेदवार छन् । उनीहरुको भाग्य परीक्षा एक करोड ५६ लाख मतदाताको हातमा छ । दिल्लीमा १८ प्रतिशत स्वीङ भोटर्स रहेका र उनीहरु नै जितका लागि निर्णायक हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

- Advertisement -
Ad imageAd image

लोकसभा चुनावमा भारत ब्लकमा रहेका पाँच दलहरू दिल्ली चुनावमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आमनेसामने छन् । भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) ले ६ सिटमा उम्मेदवार खडा गरेको छ भने भारतीय कम्युनिष्ट पार्टी–मार्क्सवादी (सीपीएम) र भारतीय कम्युनिस्ट पार्टी–मार्क्सवादी लेनिनवादी (सीपीआई–एमएल)ले २–२ सिटमा उम्मेदवार दिएका छन् ।

भाजपाले ६८ सिटमा उम्मेदवार उठाएको छ । दुई सिट सहयोगी दललाई दिइएको छ । यसमा जनता दल-युनाइटेडले बुरारी र लोक जनशक्ति पार्टी- रामविलासले देवली सिटबाट उम्मेदवार उठाएका छन् । लगातार तीन वर्ष केन्द्र सरकारको नेतृत्व गरिरहेको भाजपा दिल्ली प्रदेशको सरकारमा भने २५ वर्षदेखि बाहिर छ । आम आदमी पार्टी सरकारको नेतृत्वमा आउनुअघि कांग्रेसले १५ वर्षसम्म दिल्लीको सत्ता चलाएको थियो । तर विगतका दुई निर्वाचनमा कांग्रेसले एक सिट पनि जित्न सकेको छैन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्