२४औं आहारारा पोखरा गोल्डकप आजदेखि: उद्घाटनमा आयोजक र नेपाल पुलिस भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ माघ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – मोफसलकै सबैभन्दा चर्चित मानिएको आहारारा पोखरा गोल्डकपको २४औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

नकआउट फुटबल प्रतियोगितामा यस पटक ३ विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा साविक विजेता त्रिभुवन आर्मीएफसीसहित ए डिभिजनका ७ क्लब, बी डिभिजनका १ क्लब, आयोजक सहारा क्लब र तीन विदेशी क्लब छन् ।

- Advertisement -
Ad imageAd image

त्रिभुवन आर्मीसहित नेपाल पुलिस क्लब, एपीएफ, थ्री स्टार, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र एफसी, संकटा एफसी, एनआरटी, सहारा क्लब, ब्रिगेड ब्वाइज क्लब युके, थण्डरबोल्ट नर्थ युनाइटेड भारत, ब्ल्याक बुल्स, उज्बेकिस्तान छन् । आहाराराको सफल टोली मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी छैन । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेतालाई ६ लाख १ हजार नगद पुरस्कार पाउनेछन् ।

आहारारा पोखरा गोल्डकपबाट बचत हुने रकम क्लबबाट आयोजक सहाराले क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्